site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिवि सेवा आयोगमा विभिन्न पदका लागि आवेदन माग, न्यूनतम योग्यता पीएचडी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक र सहप्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ । प्राध्यापक/सहप्राध्यापक पदका लागि आयोगले आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

प्राध्यापक/सहप्राध्यापक र उपप्राध्यापक पदका लागि सम्बन्धित विषयमा पीएचडी–डीएम–एमसीएच उपाधि प्राप्त तथा नेचर इन्डेक्समा जर्नलमा प्रथम लेखक भई कम्तीमा दुईवटा अनुसन्धान लेख प्रकाशित गरेको हुनुपर्ने आयोगले जनाएको छ ।

योग्यता पुगेका व्यक्तिले जेठ २६ गतेदेखि असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । प्राध्यापक पदमा ३,५०० सहप्राध्यापक पदका लागि ३,२०० रुपैयाँ र उपप्राध्यापकका लागि ३,००० आवेदन दस्तुर तोकिएको छ ।

Argakhachi Cement Island Ad

उपप्राध्यापक पदका लागि आन्तरिक र खुला तथा समावेशी समूहबाट पनि आवेदन दिन सकिने आयोगले जनाएको छ ।

विज्ञापन प्रकाशित भएको मितिसम्म प्राध्यापक/सहप्राध्यापक पदमा आवेदन दिन ५० वर्ष ननाघेको हुनुपर्नेछ । दोब्बर दस्तुरमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन आयोगको वेबसाइटमा अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

त्रिविका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले अनुसन्धानात्मक विशिष्टताका आधारमा आवेदन खुलाएको जानकारी दिए । उनका अनुसार, सुरुमा १०० जना र त्यसपछि ६४१ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि आवेदन माग गरिएको हो ।

“अन्तराष्ट्रिय युनिभर्सिटीमा भइरहेको अभ्यास नेपालमा पनि आँट गरैरे लागु गर्न खोजेका हौँ । अझ युवा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक ल्याउन खोजेका छौँ,” उनले भने ।

निष्पक्षरूपमा छान्न अन्तर्वार्तामा एकजना विदेशी विशेषज्ञ हुनैपर्ने प्रावधान छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्