site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बृहत् वामपन्थी एकीकरणको विकल्प छैन : अग्नि सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । उनले समाजवादी व्यवस्था कम्युनिस्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने बताए ।

४७औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३औँ किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वको सरकारले आशा जगाएको जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीका प्रवक्तासमेत रहेका सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेकाले कम्युनिस्ट एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राखे ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरूले जनतामा भ्रम फैलाएको बताउँदै उनले भने, “लोकप्रियतावादीहरूले ठुलठुलो स्वरमा देश भक्तिको नौटंकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादीमात्रै हो, भ्रमित हुनुहुँदैन ।” रासस

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्