site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसईई कप चेस शनिबारदेखि
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा यस वर्ष एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । प्रतियोगिता ओपन र गर्ल्स गरी दुई क्याटगोरीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेतालाई १० हजार, उपविजेतालाई पाँच हजार र तीन हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछ।

Agni Group
NIC Asia

प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

२०८० फागुनदेखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले पाँचदेखि १३ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, “एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौँ ।  एसईई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु ।”

Global Ime bank

“हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौँ। यसैलाई एसईई कपमा निरन्तरता दिँदैछौँ,” गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् । चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय