site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहितसँग विवादमा उत्रिएका तान्जिम आईसीसीको कारबाहीमा
SkywellSkywell

काठमाडौं । बंगलादेशका बलर तान्जिम हसन साकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कारबाही गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशका तान्जिमले नेपाली ब्याटरसँग मौखिक विवादमा उत्रिएका थिए । उनले नेपालका कप्तान रोहितकुमार पौडेलसँग विवाद गरेका थिए ।

Dabur Nepal
NIC Asia

आईसीसीले तान्जिमलाई कारबाही गर्दै उक्त खेलको १५ प्रतिशत म्याच फी काटेको छ ।

नेपालविरुद्ध घातक बलिङ गरेका तान्जिमले चार ओभर बलिङ गर्दा चार विकेट नै लिएर सात रनमात्र खर्चिएका थिए । उक्त खेलमा नेपालविरुद्ध २१ रनको जित निकाल्दै बंगलादेशले प्रतियोगिताको सुपर–८ मा स्थान पक्का गरेको थियो ।

आईसीसीका अनुसार तान्जिमले आईसीसीको दफा २.१२ उल्लंघन गरेका हुन् । आईसीसीको उक्त दफामा ‘कुनै खेलाडी, खेलाडीका अन्य सामग्रीहरू, अम्पायर, म्याच रेफ्री र खेलसँग सम्बन्धित व्यक्तिसँग अस्वाभाविक शारीरिक हाउभाउको प्रस्तुति’बारे उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu