site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी प्रकरण : संसदीय छानबिन समितिले थाल्यो कानुनी परामर्श 
फाइल तस्बिर

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले कानुनी परामर्श सुरू गरेको छ । बुधबार समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । 

बैठकपछि जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको जानकारी दिए । 

उनले कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए । उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पार्श्वत ढुंगानासँग छलफल भएको जानकारी दिए । 

“आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरूसँग हामीले परामर्श र छलफल गरेका छाैँ । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरूमा कतिपय कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायत प्रश्नहरू पनि सँगसँगै थिए । ति सबै सन्दर्भमा संविधान, कानुन र हाम्रा अभ्यासहरूले गरेका प्रबन्धहरूका सन्दर्भमा स्पष्टता महसुस भयो र त्यसका निम्ति हामीले उहाँहरूलाई आमन्त्रण गरेका थियौँ,” सभापति थापाले भने ।

उनले आन्तरिक प्रतिवेदनहरू संकलनका काम जारी रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro