site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदार मिलेर लुटे : सांसद झा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् । उनले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर जनकपुरमा दुई कुटी र ७२ कुण्ड सहरको रूपमा निर्माण भएको जानकारी दिए । तर, अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको उल्लेख गरे । 

उनले भने, "किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा दुई कुटी र ७२ कुण्ड सहरको रूपमा निर्माण भयो । तर, अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदार मिलेर त्यहाँका जग्गाको लुट गर्दै छन् । त्यसमा सबै सरोकार साझेदारहरूको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।"
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro