site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुग्ध किसानको रकम छिट्टै भुक्तानी होस् : सांसद बर्तौला
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौंं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै त्यस्तो माग गरेका हुन् । “राज्यको तर्फबाट वातावरण बनाइदिएर निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी वक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस्,” उनले भने । 

उनले आज बिहान दुग्ध विकास संस्थान, लैनचौरको गेटमा धर्ना बसेका ४५ भन्दा बढी किसानलाई प्रहरीले गिरफ्तार गरेको बताए । उनीहरूलाई कालीमाटी हिरासतमा राखिएको र भेट्दा मर्यादित व्यवहार नगरेको गुनासा आफूलाई सुनाएको बताए । 

KFC Island Ad
NIC Asia

किसानहरूको माग जायज रहेको बर्तौलाले बताए । “किसानहरूको माग जायज छ । उहाँहरूले सरकारलाई निजी डेरीलाई दूध बेच्नुभयो । दूध बेचेको रकम भुक्तानी गर्नका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसान पुगे,” उनले भने, “डीडीसीबाट र सरकारबाट झन्डै दुई अर्ब रकम प्राप्त गर्नुपर्नेछ । निजी डेरीबाट झन्डै तीन अर्ब भुक्तानी लिनुपर्नेछ ।” 

बर्तौलाले किसानको सामाजिक कर्म प्रभावित हुने अवस्थामा पुगेको बताए । उनले कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराए । आन्दोलनमा आएका किसानको जायज माग सम्बोधन गर्न आग्रह गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro