site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयताको ६ वर्षमै निराश हुनुपर्ने अवस्था छैन : सभामुख मण्डल

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अपरेटिभ संघीयतामा कोही सानो ठूलो नहुने बताएका छन् । सोमबार जनकपुरमा संसदीय पत्रकार मञ्च कोसी प्रदेशका पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै भने, “अहिले समावेशीको दुनिया हो, कसैको विशेष अधिकार हुँदैन । सबैको समान अधिकार हुन्छ ।” तर, नेपाल एकात्मक ढंगले अघि बढाउन खोजिएको बताए । 

सभामुख मण्डलले आशाले मात्र समाजलाई सही ढंगबाट अघि बढाउन सकिने भन्दै संघीयताको छोटो अवधिमा धेरै अपेक्षा गर्नुभन्दा भए गरेका कामलाई अझ गति दिनुपर्ने बताए ।

उनले प्राथमिकीकरणमा ध्यान दिन समस्या रहेको भन्दै राज्यको संरचनामा समस्या नै समस्या हुन थालेको बताए । “संघीयताप्रति उदासीन विचार हुनुहुँदैन, मधेसले संघीय व्यवस्थालाई रुटेड बनाएको छ,” सभामुख मण्डलले भने ।

संघीयताका गतिविधि परिणाममुखी हुनुपर्ने भन्दै सुरुआत कठिन हुने र यो नयाँ व्यवस्था भएकोले यो कति जनपयोगी छ भन्ने परीक्षण हुन बाँकी रहेको बताए । उनले भने, “६ वर्षमै निराश हुने अवस्था छैन ।”

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro