site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२, थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए ।घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए । रासस

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्