site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थको ढुवानी र बिक्री सुचारु गर्न कांग्रेसको माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री तत्काल सहज गर्न माग गरेको छ । पार्टी केन्द्रीय सदस्य गुरू बरालको संयोजकत्वमा रहेको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विज्ञप्ति जारी गर्दै आम सर्वसाधारण उपभोक्ताको अधिकारलाई बञ्चित नगर्न आग्रह गरेका छन् । 

विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा आवरोध हुँदा उपभोक्ता मारमा परेको उल्लेख गरेका छन् । बजारमा पेट्रोल बिक्री नहुँदा नागरिकहरू आतंकित बनेको उनले बताएका छन् । यसका लागि तत्काल आपूर्ति व्यवस्था सहज गराई वार्ता र संवादमार्फत समस्याको समाधान गर्न नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग माग गरेका छन् । 

Dabur Nepal
NIC Asia

साथै, बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । “अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ, “विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि हार्दिक अनुरोध गर्दछ ।”

big-1718607152.png
 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro