site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा नेरदल्यान्ड्सलाई पराजित गर्दै श्रीलंका विजयी भएको छ । 

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलंकाले चार खेलमा तीन अंक जोडेको छ । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अंक नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बंगलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।  

Dabur Nepal
NIC Asia

श्रीलंकाले प्रस्तुत गरेको २०२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१÷३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११÷११ रन बनाए । आर्यन दत्तले १० रन जोडे । 

श्रीलंकाका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै, महेश तिक्क्षणा र डुसान सनाकाले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रनको योफफल बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६÷४६ रनको योगदान दिए ।

त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro