देश
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी छ । काठमाडौंको मेरियट होटेलमा बैठक चलिरहेको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी छन् भने चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइदोङले गरेका छन् । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइदोङ सोमबार काठमाडौं आएका हुन् ।
बैठकमा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्