site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालका ९९ प्रतिशत वडा कुनै न कुनै प्रकारको जोखिममा

काठमाडौं । नेपालका स्थानीय तहका ९९ प्रतिशत वडाहरूमा कुनै न कुनै प्रकारको जोखिम भएको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ः सामुदायिक प्रतिवेदन’ मा नेपालका ९९ प्रतिशत वडामा कुनै न कुनै प्रकारका जोखिम रहेको देखाइएको छ । जोखिमको अध्ययन नेपालका सबै ६ हजार ७४३ वटै वडामा गरिएको थियो । ती वडामा १६ प्रकारका प्राकृतिक विपद् वा प्रकोपको जोखिम के कस्तो छ भनी प्रश्नावली तयार पारी पठाइएको थियो ।
 
“सामुदायिक प्रश्नावलीमा १६ प्रकारका प्राकृतिक विपद् वा प्रकोपको खतरा तथा भू–धरातलीय जोखिमका प्रकृति राख्दै पाँच जोखिम प्राथमिकताका आधारमा सोधिएकामा नेपालमा भएका ६ हजार ७४३ वडाहरूमध्ये ६ हजार ६६४ वडाहरू अर्थात ९९ प्रतिशत वडाहरूमा कुनै न कुनै प्रकारको जोखिम रहेको देखियो,” प्रतिवेदनमा भनिएको छ ।
 
अध्ययनले नेपालमा सबैभन्दा बढी बाढीको जोखिम देखाएको छ भने सबैभन्दा हिमताल विष्फोटको । बाढीको जेखिम ६३.६ प्रतिशत वडामा र हिमताल विष्फोटको जोखिम १.२ प्रतिशत वडामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्ययनमा बाढी, पहिरो, भूक्षय, डुबान, आँधी/हुरीबतास, चट्याङ, असिना, अतिवृष्टि, खण्डवृष्टि, लू, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (वस्तीमा), वन डढेलो र हिमताल विस्फोट जस्ता विपद्का घटनलाई समेटिएको थियो ।

अध्ययनका क्रममा ७९ वटा वडाले आफ्नो वडामा कुनै पनि प्रकारको जोखिम नभएको बताएका छन् । यो भनेको नेपालमा रहेका कुल वडाको १.२ प्रतिशत हो ।

Global Ime bank

कुल वडामध्ये ४ हजार २८६ (६३.३ प्रतिशत)ले आफ्नो क्षेत्रमा बाढीको जोखिम रहेको बताएको प्रतिवेदनमा उल्लेख छ । पहिरो जोखिम रहेको बताउने वडा ४ हजार २८ (५९.७ प्रतिशत) छन् ।
 
प्रतिवेदन अनुसार, १ हजार ६२५ वडा (२४.१ प्रतिशत)ले भूक्षय, १ हजार ९४८ वडा (२८.९ प्रतिशत)ले डुबान, ३ हजार ५४६ वडा (५२.६ प्रतिशत)ले आँधी/हुरीबतास, २ हजार २२२ वडा (३३ प्रतिशत)ले चट्याङ, २ हजार ३९८ वडा (३५.६ प्रतिशत)ले असिनाको जोखिम रहेको बताएका थिए ।

यस्तै, ४१९ वडा (६.२ प्रतिशत)ले अतिवृष्टि, २३६ वडा (३.५ प्रतिशत)ले खण्डवृष्टि, २०० वडा (३ प्रतिशत)ले लू, १ हजार ४७८ वडा (२१.९ प्रतिशत)ले शीतलहर, २ हजार ४५२ वडा (३६.४ प्रतिशत)ले सुख्खा वा खडेरी, २ हजार ४२८ वडा (३६ प्रतिशत)ले वस्तीमा हुने आगलागी, २ हजार ४७८ वडा (३६.७ प्रतिशत)ले वन डढेले र ८४ वडा (१.२ प्रतिशत)ले हिमताल बिस्फोटको जोखिम रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
 
प्रदेशगत रुपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका वडाहरू पहिरोका जोखिम रहेको देखिन्छ । मधेस र लुम्बिनी प्रदेशका वडाहरू बाढीको जोखिममा रहेको देखियो,” प्रतिवेदनमा भनिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement