site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकपमा वाइड फ्याक्ने पहिलो बलर बने दीपेन्द्र
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालबाट वाइड फ्याक्ने नेपालका पहिलो बलर बनेका छन् । दीपेन्द्रले शनिबार दक्षिण अफ्रिकाविरुद्ध नेपालबाट विश्वकपकै इतिहासमा पहिलो वाइड फ्याकेका हुन् ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा भइरहेको खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट दोस्रो ओभर बलिङका लागि आएका दीपेन्द्रले पहिलो बल नै वाइड फ्याकेका हुन् । 

यसअघि सन् २०१४ मा तीन र जारी सिजन एक खेल खेल्दासम्म नेपालले वाइडबाट अतिरिक्त रन दिएको थिएन ।
 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro