site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपाललाई राजनीतिक अस्थिरताको शिकार बनाइयो : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताको दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए । सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राखे ।

यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे । नेपालको इतिहासमा मधेसका शक्तिहरू तरवारको धारबाट हिँडिरहेको र यसका विरुद्ध षडयन्त्र हुँदै आएको बताए । यादवले कुनै पनि पार्टी गैरमुद्दा, गैरसैद्धान्तिक आधारमा फुट्नु दुर्भाग्यपूर्ण घटना भएको उल्लेख गरे ।

राजनीतिक बाटोमा हिँड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको उल्लेख गरे । यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro