site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डकाे ११ प्रहार बचाउँदा सिंगापुरका गोलकिपरले पाए चिनियाँ समर्थकबाट पैसा उपहार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा थाइल्यान्डकाे ११ प्रहार बचाएपछि सिंगापुरका गोलकिपर हसन सनीलाई चिनियाँ फुटबल समर्थकले उपहारस्वरुप पैसा पठाएका छन् ।

छनोटअन्तर्गत सिओलमा दक्षिण कोरियाविरुद्ध १–० ले पराजित भएपछि एसियाली क्वालिफायरको अन्तिम चरणमा पुग्ने चीनको सम्भावना कमजोर बनेको थियो । एसियाली दोस्रो चरण छनोटको समूह ‘सी’ को खेलमा चीन पराजित भएपछि अन्तिम चरण प्रवेशका लागि थाइल्यान्डलाई सिंगापुरविरुद्ध ३–० को जित आवश्यक थियो । यसैकारण चीनलाई अन्तिम चरण प्रवेशका लागि सिंगापुरले थाइल्यान्डलाई ३–० को भन्दा सानो जितमा रोक्नुपर्ने समीकरण थियो ।

सिंगापुरविरुद्ध थाइल्यान्डले ३–१ को जित निकाले पनि गोल आधारमा हेड टू हेडमा अघि रहँदै चीन एसियाली छनोटको अन्तिम चरणमा प्रवेश गरेको हो । थाइल्यान्डविरुद्ध ४० वर्षीय गोलकिपर हसनले उत्कृष्ट प्रदर्शन गर्दै चीनको फाइनल चरण सम्भव बनाएपछि चिनियाँ समर्थकहरूले उनलाई धन्यवाद स्वरुप पैसा उपहार पठाएका हुन् ।

हसनले सिंगापुरको राष्ट्रिय प्रशारक सीएनएलाई आफूले सञ्चालन गर्ने फुड स्टलको क्युआर कोडमा अहिले चिनियाँ समर्थकले आफूलाई पैसा पठाइरहेको बताए ।

“मैले यसमा खुसी मनाए । मलाई ‘ठिकै छ पैसा आइरहेको छ’ भन्ने महसुस भएको थियो,” उनले भने, “पैसाको यी सन्देशहरू देख्दा मेरो परिवार केही चकित बनेका थियाे ।”

हसनले हालसम्म समर्थकबाट कति रकम पाए भन्ने बारे खुलाएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro