site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साकिबको अर्धशतकमा बंगलादेशले नेदरल्यान्ड्सलाई दियो १६० रनको लक्ष्य 

काठमाडौं । साकिब अल हसनको अर्धशतकप्रेरित बंगलादेशले आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्ससामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार किंग्सटाउनमा जारी खेलमा बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको हो ।

वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । टिम प्रिंगलले एक विकेट हात पारे ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । दुवै टिम आज दोस्रो जितको खोजीमा छन् । दुई खेलबाट समान दुई अंक नै जोडेका बंगलादेश र नेदरल्यान्ड्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro