site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एसिया केन्द्रित भू–राजनीतिले देशको भौगोलिक अखण्डता र स्वाधिनता रक्षा गर्न सहज छैन’ 
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एसिया केन्द्रित भू–राजनीतिले देशको भौगोलिक अखण्डता र स्वाधिनता रक्षा गर्न सहज नरहेको बताएका छन् । 

बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले एसिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भू–राजनीतिक अवस्थितिको कारणले देखापरेको भू–राजनीतिक संवेदनशीलताका चुनौतीको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताएका हुन् । 

चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको उनको भनाइ छ । उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए । । 

साथै उनले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्ने बेला भएको बताएका छन् । मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण कार्यभार पूरा गरिसकेकाले अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए । 

“शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ । शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण कार्यभार हामीले पूरा गरिसकेका छौँ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छाैँ,” उनले भने । 

मन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताए । 

“अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । त्यसलाई अब बाँकी रहन दिनु हुँदैन, राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने हुन्छ,” मन्त्री श्रेष्ठले भने । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro