site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुन बनाउदा शब्दशब्दमा ध्यान दिन जरुरी छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानुन बनाउँदा निकै ध्यान दिनुपर्ने बताएका छन् ।

कोसी प्रदेशसभा सचिवालयले झापाको गौरादहमा बुधबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा उनले कानुन बनाउँदा शब्दशब्दमा ध्यान दिनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक छ । कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी पनि आएका छन् । शब्दशब्दमा ध्यान दिन जरुरी छ,” उनले भने ।

कानुन पढेरमात्रै कानुन बनाउन नजानिने भन्दै उनले यो काम सबैभन्दा कठिन भएको सुनाए । उनले संघीयता आएको पछिल्ला सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी लागु गर्न आग्रह गरे ।

“सुशासनका लागि पनि कानुन अत्यावश्यक भएकाले त्यसतर्फ समेत ध्यान दिनुपर्छ,” उनले भने, “त्यसपछि राजस्व उठाउनसमेत सहज हुन्छ । त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुन्छ ।”

कार्यक्रममा कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानुन निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro