अर्थ व्यवसाय
काठमाडौं । प्रभु बैंक लिमिटेडले दशरथचन्द नगरपालिका–२ स्थित देहिमाण्डौमा आफ्नो ३०३औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि उक्त शाखा कार्यालयमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको देहिमाण्डौ शाखामार्फत स्थानीय, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।
हालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १४:३३
प्रतिक्रिया दिनुहोस्