site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गरौँ : भीम आचार्य
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आईसीसी ट्वान्टी–२० प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद आचार्यले आईसीसी ट्वान्टी–२० प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएकाे भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । 

“आईसीसी ट्वान्टी–२० प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरोस् । दोषीमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु,” उनले भने । 

सांसद आचार्यले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । उनले  सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको आरोप लगाए ।

“टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन्,” उनले भने । 

अवैध रूपमा जर्सीहरू अमेरिका लगेर नेपालीलाई महंगोमा बचेको भन्दै सांसद आचार्यले भने, “अवैध रूपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरुलाई महंगोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरू आएका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro