site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार उनी यही जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि उनी गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को नेताका हैसियतमा मुख्यमन्त्री बनेका हुन् । विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन चाहिन्छ । तर, उनको दल कांग्रेसका २७ प्रदेशसभा सदस्य मात्र छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, नेपाल समाजवादी पार्टी (नेसपा)का एक र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई आफ्नो पक्षमा ल्याउने र विश्वासको मत पाउनेमा उनी आशावादी देखिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro