site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असार दोस्रो साता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ गतेबाट सुरू हुने भएको छ । संघ अध्यक्ष ओमबहादुर घर्ती मगरले दिएको जानकारीअनुसार आगामी असार ११, १२ र १३ काठमाडौंमा प्रथम महाधिवेशन हुन लागेको हो । 

महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष घर्ती मगरको संयोजकत्वमा १०१ सदस्यीय मुल व्यस्थापन समिति गठन भएको छ । समितिमा केन्द्रीय सदस्यहरू, जातीय संघका अध्यक्षहरू, महासंघका प्रदेश अध्यक्षहरू र काठमाडौ, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरू रहेका छन् । 

अध्यक्ष घर्तीका अनुसार महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक केन्द्रीय सदस्य पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयंसेवक परिचालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केन्द्रीय सदस्य केशाङमु शेर्पा रहेका छन् । 

यस्तै, आवास तथा भोजन व्यवस्थापन उपसमिति केन्द्रीय सदस्य टोपबहादुर थापामगर, मञ्च व्यवस्थापन उपसमिति केन्द्रीय सदस्य मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघ अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति केन्द्रीय सदस्य रेनुका काउचा मगर संयोजक रहेका छन् । 

नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भए पनि अहिलेसम्म महाधिवेशन हुने सकेको थिएन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro