site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे 
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा पाण्डेले विश्वासको मत लिनेछन् । 

विश्वासको मत दिन उनले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर उक्त आग्रह गरेका हुन् ।

राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्