site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीय मन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि विनाविभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित भएका हुन् । उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro