site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । आइतबार साँझ मोदीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूबाट शपथ लिएका हुन् ।

उनलाई शुक्रबार साँझ राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सरकार प्रमुखहरू सहभागी थिए ।

जुन ४ मा सार्वजनिक भएको लोकसभा चुनावको नतिजामा एनडीए गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । भाजपा नेतृत्वको एनडीएले ५४३ सदस्यीय लोकसभामा २९३ सिट पाएको छ ।

मोदी सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा  दोस्रोपटक प्रधानमन्त्री बने । दुई कार्यकालमा उनी भाजपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, अहिले उनी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro