देश
काठमाडौं । प्रहरीले स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा सञ्चालकहरूलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ का ६६ वर्षीय वाशुदेवमान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक र सहकारीका सदस्य धर्मरत्न पाछैंलाई शुक्रबार पक्राउ गरेको हो ।
सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
सहकारीको कार्यालय काठमाडौं नगरपालिका–२३ स्थित मखनमा छ ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्