site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डोबिनाको पोर्चुगल क्रोएसियासँग घरमै पराजित

काठमाडौं । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबबिना मैदान उत्रिएको पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्रोएसियासँग २–१ ले पराजित भएको छ ।

शनिबार पोर्चुगलमै भएको खेलमा पाहुना टिमलाई जित दिलाउन लुका मोड्रिच र एन्ते ब्युडिमिरले गोल गरे । घरेलु टिमका डियागो जोटाले गोल गरे पनि त्यो हार टार्न पर्याप्त बन्न सकेन ।

Dabur Nepal
NIC Asia

खेलको आठौँ मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई अग्रतामा राखेका थिए । क्रोएसियाले पहिलो हाफमा १–० को अग्रता बनाए पनि ४८औँ मिनेटमा जोटाको गोलमा पोर्चुगल खेलमा फर्कियो । तर, ५६औँ मिनेटमा ब्युटिमिरले गोल गर्दै क्रोएसियालाई पुनः २–१ को अग्रतामा राखेका थिए । ब्युटिमिरको यही गोल निर्णायक बन्दा क्रोएसियाले पोर्चुगललाई घरेलु समर्थकमाझ नै निराश बनाएको हो ।

नियमित कप्तान रोनाल्डो युरो–२०२४ अघि बिदा मनाउन जाँदा पोर्चुगलको कप्तानी बर्नार्डो सिल्भाले सम्हालेका थिए । युरोपियन च्याम्पियनसिपअघि दोस्रो मैत्रीपूर्ण खेलमा पोर्चुगलले बुधबार आयरल्यान्डसँग खेल्ने तालिका छ ।

युरो–२०२४ जुन १६ देखि सुरु हुँदै छ । प्रतियोगितामा पोर्चुगल समूह ‘एफ’ मा छ । यो समूहमा पोर्चुगलसँगै टर्किया, जर्जिया र चेक गणतन्त्र छन् । यस्तै, क्रोएसिया भने प्रतियोगिताका समूह ‘बी’ मा छ । यो समूहमा क्रोएसियासँगै स्पेन, अल्बानिया र साविक विजेता इटाली छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro