site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र यादवको रिटमा सुनुवाइ हुँदै
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । अब यही इजलासले टुग्यांउने छ ।

Argakhachi Cement Island Ad

कानुन नै नभएको समयमा निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको भन्दै आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले गत वैशाख ३१ मा रिट दायर गरेका थिए । यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो । त्यसयता लगातार तीनवटा पेसीमा सुनुवाइ हुन सकेन ।

यादवले उस्तै प्रकृतिको अर्को रिट समेत जेठ ६ गते दायर गरेका छन् । शर्माको इजलासले जेठ ९ मा नै दुवै रिट एकसाथ सुनुवाइ गर्नेगरी पेसी मिति समेत तोकेको थियो । त्यसपछिका तीनवटा पेसीमा सुनुवाइ हुन नसकेको यादवको रिटमा आज सुनुवाइ भएको हो ।

यादवले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित पार्टी छोडेको सात सांसदलाई समेत विपक्षी बनाएका छन् । उनले अन्तरिम आदेशमार्फत आयोगको निर्णयक कार्यान्वयनमा रोक लगाउँदै पार्टी फुटाएकाहरूलाई सांसद र मन्त्री पदबाट निलम्बित गर्न माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्