site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री बन्न चोइटिए, निर्वाचन आयोगलाई घोक्रेठ्याक लगाइयो : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गरेका छन् । शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए ।

उनले केही नेतालाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे । कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै उनले मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका टिप्पणी गरे ।

Dabur Nepal
NIC Asia

अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकैदिनमा दर्ता गरिएको बताए ।

संघीयता र समावेशीता पक्षधरसँग सहकार्य र गठबन्धन हुन सक्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा उपेन्द्र यादवको भनाइ पढ्नोस्–
स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राति निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो, त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यहाँहरूलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयंले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाएँ, आफ्नो सत्ता टिकाउनलाई गरेँ भनेर घोषणा नै गर्नुभयो । त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत् नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला, जो गएको होला । पार्टी होइन, केही व्यक्ति चोइटाएर लगेका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि, किन त भन्दाखेरि कोही मन्त्री बन्न । कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन, कोही धनबहादुर भित्र्याउन । त्यहाँभन्दा बढी केही लक्ष्य छैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro