राजनीति
काठमाडौं । सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेको बताइन् । सोहीअनुसार यसपटक पनि विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको बताइन् ।
उनले विगतदेखि नै यस्तो परम्परा चलिआएको भन्दै यसलाई नियमित प्रक्रियाका बारेमा बुझ्न आग्रह गरिन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ १६:१०
प्रतिक्रिया दिनुहोस्