site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौँ : प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा माओवादी केन्द्र समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक क्षेत्रलाई उच्च महत्त्व दिएर समाजवादी क्रान्तिको आधार तयार पार्न र जनमत निर्माण गर्न सकिने बताए । 

Argakhachi Cement Island Ad

‘सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको छ,” उनले भने, “समाजवादको आधार तयार पार्ने सन्दर्भमा हाम्रो पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकका सबै क्षेत्रबाट संघर्ष गर्ने नीति अख्तियार गर्दै आएको छ ।”

विदेशी सहायतामा मात्र निर्भर हुने नभइ आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति हुुनुपर्ने बताए ।

‘हाम्रो मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने होइन, आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरूरी छ,” उनले भने, “विश्वव्यापीकरणको परिस्थितिमा गैरसरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुनुपर्दछ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्