site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध सुपर ओभरमा अमेरिकाको जित
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध अमेरिकाले सुपर ओभरमा जित निकालेको छ । बिहीबार टेक्सासस्थित ड्यालसमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । घरेलु टिमले सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । ट्वान्टी २० क्रिकेट संरचनामा यी दुई टिम पहिलो पटक भिडेका हुन् ।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । 

Dabur Nepal
NIC Asia

पाकिस्तानबाट कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २६–३ को अवस्थाबाट आजमले सदाब खानसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । 

सदाबले २५ बलमा एक चौका र तीन छक्कासहित ४० रन थपे । साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमेदले १८ रन बनाए । 

अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए ।

१६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएको हो । अमेरिकालाई जितका लागि अन्तिम ओभरमा १५ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका आरोन जोनस र नितिश कुमारले ह्यारिस रौफको ओभरमा १४ रनमात्र बनाएपछि नतिजाको निर्णयका लागि सुपर ओभर आवश्यक परेको हो ।

अमेरिकाका कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरे । आरोना जोनसले ३६, एन्ढ्रिएस गोउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरले १२ रन बनाए ।

पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र ह्यारिस रौफले समान एक विकेट लिए । 

प्रतियोगितामा अमेरिकाको लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu