site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्को पूर्वतयारी र व्यवस्थापन : ‘केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाऔँ’

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार गृह मन्त्रालयले आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन् । 

२०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र उद्धारको कर्तव्यबोध तथा स्वयंसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरूलाई प्रयोग गर्नुपर्ने दलीय प्रतिनिधिले जोड दिए ।  

भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढंग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताए । 

नेकपा एमाले विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत–साधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने बताए । 

नेकपा (माओवादी केन्द्र)का सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताए । 

नेकपा (एकीकृत समाजवादी)का गंगालाल तुलाधरले सामूहिक भावना र सद्‌भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने बताए । परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनुपर्ने उनको भनाइ छ 

राप्रपाका ज्ञानबहादुर शाहीले विगतमा विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमतका अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरुसँग छलफल गर्न सुझाव दिए । 

दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक विपद्‌मा एकजुट हुने नेपालका दलहरूको अभ्यास सकारात्मक रहेको बताए । उनले जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयंसेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरूको योगदान महत्वपूर्ण हुने अपेक्षा राखे ।

दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव ग्रहण गर्ने बताउँदै मन्त्री लामिछानेले तीन तहको सरकारबीच समन्वय गराउन पनि त्यो फोरम प्रभावकारी हुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro