site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित 

काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् । 

विधेयक समितिमिबाट २०८० चैत २६ मा प्रतिवेदनसहित पारित भएको थियो । समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाइ गर्ने गरी पारित गरेको थियो । 

समितिले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुंगो लगाएर फुल हाउसमा पठाएको थियो । 

यो विधेयक २०७८ साउन २४ मा राष्ट्रियसभामा दर्ता भएको थियो । सभाले २०७९ चैत २१ मा पास गरेर प्रतिनिधिसभामा पठाएको थियो । राष्ट्रियसभाले पारित गर्दा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट मात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro