site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिनो अंकले घट्यो नेप्से, चार अर्ब ३८ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बिहीबार नेप्से १.९३ अंक घटेर २०७७.७८ विन्दुमा बन्द भएको हो ।

यस दिन चार अर्ब ३८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । बुधबार तीन अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज इमर्जिङ नेपाल लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन १०१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि व्यापार समूहको भएको छ । यो समूहको परिसूचक १.९६ प्रतिशतले वृद्धि भएको छ ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro