site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोदीको ‘शपथ’ : प्रधानमन्त्री प्रचण्डलाई गरिएको छैन औपचारिक निमन्त्रणा
०८० जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ताको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी तेस्रो कार्यकाल निम्ति प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनलाई नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) संसदीय दलको नेता बनाएर सरकारका लागि दाबी पेस गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसका निम्ति एनडीएमा आबद्ध दलका नेताको बैठक शुक्रबार (भोलि) बस्दै छ । बैठकबाट मोदीलाई एनडीए संसदीय दलको नेता चयन गरिने र उनले सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने आजतकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

भारतीय सञ्चारमाध्यमका अनुसार, मोदीले आउँदो शनिबार (जुन ८)मा तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ ।

उक्त शपथ समारोहबारे नेपाललाई औपचारिक जानकारी गराइएको छैन । नयाँ सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी, नियुक्तिको प्रक्रिया नै बाँकी छ । सोही कारण शपथको मिति पनि टुंगो लाग्न बाँकी छ ।

शपथको मिति तय हुन बाँकी रहेकाले औपचारिक रूपमा निमन्त्रणा पनि नगरिएको परराष्ट्र मन्त्रालय स्रोतको बुझाइ छ । शपथ समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने सम्भावना छ ।

शपथमा सहभागी हुने तयारी गर्न अनौपचारिक रूपमा भने काठमाडौंस्थित भारतीय दूतावासबाट जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । “अनौपचारिक रूपमा तयारी गर्न भारतीय दूतावासबाट जानकारी गराइएको छ । औपचारिक रूपमा निमन्त्रणामा आइसकेको छैन,” स्रोतले बाह्रखरीसित भन्यो, “परराष्ट्रको भारत मामिला हेर्ने महाशाखाले त्यसबारे तयारी गरिरहेको छ ।”

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पनि औपचारिक रूपमा निमन्त्रणा प्राप्त नभएको बताए । अनौपचारिक कुराकानी भने भइरहेको उनले जानकारी दिए ।

भारतबाट औपचारिक निमन्त्रणा प्राप्त भएपछि प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुनेबारे टुंगो लाग्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro