site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले उदासीनता राखेको बजेट काम नलाग्ने डकुमेन्ट : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले अहिलेको बजेटले नयाँ चरणको आर्थिक सुधारको मार्ग चित्रण नगरेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा थापाले बजेटमा प्रधानमन्त्रीले नै चासो नराखेको कुनै आशावादी हुने ठाउँ नरहेको बताएका हुन् ।

उनले नयाँ चरणको आर्थिक सुधार कसरी हुन्छ भनेर अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन् । बजेटमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाएर नयाँ चरणको आर्थिक सुधार नहुने बताए । जति आर्थिक सुधारका कुरा गरे पनि अहिलेकै संरचनामा केही हुन नसक्ने उनको भनाइ छ ।

“हामी त्यही एक खर्बको बजेट भएको स्ट्रक्चरबाट १६/१७ खर्बमा पुग्दै गर्दाको हाम्रो कर्मचारीको क्षमता यही छ । त्यही संरचना, त्यही शैली र त्यही सामर्थ्यले काम त्यही गरेर परिणाम फरक आउँदैन । परिणाम फरक ल्याउन जुन जोश जाँगर चाहिने हो,” थापाले भने, “जुन खालको एउटा सृजनसीलता चाहिने हो, त्यो अर्थमन्त्रीमा मात्र हैन प्रधानमन्त्रीमा पनि देखिएन । बजेट निर्माण गर्दैगर्दा प्रधानमन्त्रीले कुनै चासो राखेको पाइनँ । कुनै कुरामा संलग्न भएको पाइनँ । नेपालका प्रधानमन्त्रीले जबसम्म यतिधेरै उदासीनता राख्छन्, त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट हुँदैन ।”

नयाँ भवन बनाएर मात्र नयाँ चरणको आर्थिक सुधार नहुने उनको भनाइ छ । स्थानीय तहले पाउने अनुदान घटाइएको भन्दै संघीयताको बारेमा अर्थमन्त्रीको धारणा सुन्न आफूले चाहेको पनि उनले बताए ।

त्यस्तै, एउटै पार्टीको अर्थमन्त्री र अर्थसचिव उही हुँदा करका विषयमा वर्षैपिच्छे फरक आउँदा आशंका गर्ने ठाउँ प्रशस्त रहेको पनि उनले बताए । “चिनियाँ गाडीको बारेमा विधेयकमा किन घुसाउनु भएको हो, जान्न चाहन्छु,” थापाले भने ।

बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको उनको भनाइ छ । अहिले नेपालको अर्थतन्त्रलाई कडा रोग लागेको पनि बताए । यसको उपचार सबै मिलेर खोज्नुपर्ने थापाको भनाइ छ । “अर्थतन्त्रमा कडा रोग लागेको छ । यो रोग रातारात लागेको हैन । यसमा हामी सबै जिम्मेवार छौँ । म कसैलाई दोष दिन चाहन्नँ,” उनले भने, “वर्षाैंदेखि हामीले जुन संरचना बनायौँ, हाम्रो यो संरचनाले गर्दा आएको समस्या छ । यो संरचना नबदलिकन हुँदैन ।”

त्यस्तै नेपालीलाई बाहिर काम गर्न पठाएर कृषिमा खर्बाैँं रुपैयाँको आयात गर्ने अर्थतन्त्रको स्ट्रक्चरले विकास नहुने उनले बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro