site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले कोसी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : ज्ञानेन्द्र कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्षातमा हुने कोसी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वर्षातमा कोसी कटानका कारण स्थानीय जनताले ठूलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्दै उनले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबासलगायत ठाउँका जनताहरू कोसी कटानबाट सधैँ पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताए । 

“वर्षा सुरू हुनासाथ सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकाको खास गरेर टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरू कोसी कटानबाट उत्पन्न हुने खतराबाट सधैँ त्रसित भएर बस्नुपरेको छ । विगतको वर्षमा पनि कोसी कटानबाट त्यहाँका जनताले असह्य पीडा भोग्नु परेको अवस्था छ । तसर्थ, म सरकारसँग सभामुखमार्फत त्यो कोसी कटानको स्थायी समाधानका निमित्त सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद कार्कीले वर्षातमा हुने कुनै पनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro