site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेट टिमलाई सभामुखले दिए शुभकामना
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खेल्न लागेको नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उन्नति गर्नका लागि खेलाडीहरूले मेहनत गरिरहेको बताए । उनले तलब, भत्तालगायतका विषयमा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

Dabur Nepal
NIC Asia

“खेलमात्रै होइन, नेपालीहरूले हरेक ठाउँमा धेरै मेहनत गर्नुपर्छ भन्ने देखिएको छ । दुःखलाई पनि सहन सक्ने, अभावलाई पनि बेहोर्न सक्ने । त्यो ढंगबाट मेहनत गरेर राष्ट्रको उन्नति गर्नुपर्छ,” सभामुख घिमिरेले भने, “त्यो उन्नति गर्ने कुरामा खेलाडीले मेहनत गर्नुभएको छ । शुभकामना भन्न चाहन्छु । उहाँहरूलाई प्रबन्धका लागि संसद्, सरकारले काम गर्नुपर्छ भन्नेमा ध्यानकर्षण गर्न चाहन्छु ।”

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro