site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीलाई सांसद पाण्डेको प्रश्न– वामपन्थी बाहुल्य सरकारले ल्याएको यो कस्तो बजेट हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले अर्थमन्त्री वर्षमान पुनलाई वामपन्थी सांसदको बाहुल्यता भएको सरकारले ल्याएको बजेट कस्तो खालको हो भनि प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले अर्थमन्त्रीको जवाफ माग गरेका हुन् । 

“९० प्रतिशतभन्दा बढी वामपन्थी सांसद भएको सरकारले ल्याएको बजेट । कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री, कम्युनिस्ट पार्टीकै नेता अर्थमन्त्री, कम्युनिस्ट पार्टीको धेरै संख्या भएको सरकारले ल्याएको यो बजेट वामपन्थी विचार र कार्यक्रम अनुसारको हो कि ?  समाजवाद उन्मुख बजेट हो कि ? पुरानै परम्परालाई निर्वाह गर्न ल्याइएको बजेट हो ? यो म जान्न चाहन्छु, माननीय मन्त्रीज्यूसँग,” पाण्डेले भने । 

हँसिया र हथौडा लिएर किसानका लागि उभिएकाले के गर्‍यौँ ? रोजगार नपाएकालाई कस्ता कार्यक्रम ल्यायौँ भन्ने कुरामा मन्त्रीको ध्यान पुग्यो कि पुगेन भन्दै उनले प्रश्न गरे ।  उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै बजेटको आलोचना गरेको उल्लेख गरे । “यो बजेट निर्माणमा सत्तासिन पार्टीमा पनि छलफल भएन भने बजेट कसरी निर्माण भयो त ?” पाण्डेको प्रश्न छ । 

कृषिमा उत्पादन र उत्पादकत्व बढाउने भने पनि बजेट घटाइएको उनको भनाइ छ । कृषि दशक भने पनि कार्यक्रम नभएको टिप्पणी गरे । कर प्रणालीमा केही विरोधाभास देखिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro