site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटको कार्यक्रम र विनियोजनको अनुपात मिलेन : सांसद विष्ट

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले बजेटको कार्यक्रम र विनियोजनको अनुपात नमिलेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

“पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र भनेर छुट्ट्याएको छ । त्यसको अनुपातमा माननीय मन्त्रीज्यू कार्यक्रम र विनियोजन अलि भएन कि ?,” उनले भने, “कुरा राम्रै हो । तर, त्यसको अनुपातमा बजेट अलिक ठिक ढंगले आएन कि ?”

उनले कृषि लगानी दशक भनिए पनि त्यसमै विनियोजन घटाइएको बताए । सूचना प्रविधि दशक पनि भनिएको तर बजेटमा विनियोजन घटाइएको उनले उल्लेख गरे ।

“महिला लगानी वर्ष भनेको छ, तर महिला मन्त्रालयअन्तर्गत हुने कार्यक्रम र विनियोजन कटौती गरिएको छ,” उनले भने ।

उनले १६ लाख पर्यटक ‘हिँडेर आउन नसक्ने’ बताए । सार्वजनिक खर्च पुनरवलोकन गरिनुपर्नेमा उनले जोड दिए । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि नगरी आर्थिक वृद्धिको अनुमान मेल नखाने उनको भनाइ छ ।

“६ प्रतिशत वृद्धिको अनुमान गरिएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि नगरी कसरी आर्थिक वृद्धिको अनुमान मेल खान सक्छ ?,” उनले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro