site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवल–चितवनको प्रणाली काठमाडौं आइपुग्दा हावाहुरीसहित वर्षा, करिब दुई घण्टा हुने

काठमाडौं । काठमाडौंमा हावाहुरी/मेघगर्जनसहित वर्षा भइरहेको छ । मंगलबार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा छ,” विभागका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसँग भने ।

काठमाडौंमा कम्तीमा डेढ/दुई घण्टा वर्षा हुनेछ । त्यसपछि यो वर्षा काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै पूर्वतर्फ अगाडि बढ्नेछ । पूर्वी नेपालमा पनि केही समय यसको असर देखिन सक्ने उनले बताए ।

बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो । “डेढ/दुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो,” उनले भने, “काठमाडौंमा बाहिरबाट आएको प्रणालीलाई यहाँको स्थानीय प्रणालीले सपोर्ट गरेपछि वर्षा भएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro