site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद्का घटनाले १० वर्षमा लियो ३ हजार ५२ जनाको ज्यान, ७९१ जना बेपत्ता
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । मनसुनजन्य विपद्का घटनाले पछिल्लो १० वर्षमा नेपालमा ३ हजार ५२ जनाको ज्यान लिएको छ । २०७१ देखि २०८० सालको अवधिमा भएका ८ हजार ४४१ वटा मनसुनजन्य विपद्का घटनामा उनीहरुको ज्यान गएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढी, पहिरो, भारीवर्षा र चट्याङका घटनाले उनीहरुको ज्यान लिएको हो । बितेको १० वर्षमा मनसुनजन्य विपद्का घटनामा परी ७९१ जना बेपत्ता भएका छन् । सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ४ हजार १७६ जना घाइते भएका थिए ।

प्राधिकरणको तथ्याङ्क अनुसार, पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनाबाट ८५ हजार ६४६ परिवार प्रभावित भएका छन् । यस्ता घटनाले ४६ हजार ६९ घरमा आंशिक र १६ हजार ५४ घर पूर्ण क्षति गरेको छ । सोही अवधिमा १ हजार २४२ वटा गोठमा मनसुनजन्य विपद्का घटनाले क्षति गरेको छ ।

KFC Island Ad
NIC Asia

गएका १० वर्षमा मनसुनजन्य विपद्का घटनामा परी ६ हजार ६२४ चौपाय मरेका छन् । यस अवधिमा बाढीका १ हजार ६०२, पहिरोका २ हजार ८४०, भारी वर्षा १ हजार ५९७ र चट्याङका २ हजार ४०० घटना रेकर्ड भएका थिए ।

मनसुनजन्य विपद्का घटनामध्ये बितेको १० वर्षमा सबैभन्दा बढी मानवीय क्षति क्रमसः पहिरो, चट्याङ, बाढी र भारी वर्षाले गरेको देखिन्छ ।  सो अवधिमा पहिरोका घटनामा परी १ हजार ३१४, चट्याङ लागेर ८८५, बाढीका घटनामा परी ७४७ र भारी वर्षाका घटनामा परी १०६ जनाको मृत्यु भएको थियो ।
 
यस्तै, सबैभन्दा बढी बेपत्ता बाढीका घटनामा भएका छन् । उक्त अवधिमा बाढीका घटनामा परी ४७८, पहिरोमा परी ३१२ र भारीवषाका घटनामा परी १ जना बेपत्ता भएका छन् ।

Royal Enfield Island Ad

बितेको एक दशकमा सबैभन्दा बढी घाइते चट्याङ लागेर भएका छन् । उक्त समयमा चट्याङ लागेर २ हजार ५८२, पहिरोका घटनामा परी १ हजार ११७, भारी वर्षाका कारण २८३ र बाढीमा परी १९३ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा बढी परिवार प्रभावित बाढीका घटनाबाट भएका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार बाढीका घटनाबाट ६५ हजार २२, पहिरोबाट ११ हजार ८३१, भारी वर्षाबाट ५ हजार ७१३ र चट्याङबाट ३ हजार ७५ परिवार प्रभावित भएका छन् ।

गतवर्ष २०८० सालमा मात्र नेपालमा मनसुनजन्य विपद्का घटनाबाट ६३ जनाले ज्यान गुमाएका थिए । गत वर्ष रेकर्ड भएका ७६९ वटा मनसुनजन्य घटनामा परी ३० जना बेपत्ता र ६९ जना घाइते भएका थिए । गत वर्ष यस्ता घटनाबाट नेपालमा ५ हजार ९३७ परिवार प्रभावित भएका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro