site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार सबैखाले विभेद अन्त्य गर्न तयार छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सबैखाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न तयार रहेको जनाएका छन् । 

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकार सबै खालका विभेद अन्त्य गर्न क्रियाशिल रहेको जनाएका हुन् ।

सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै खालका विभेदहरू अन्त हुँदै जाने बताउँदै उनले जातीय विभेद हटाउन तीनै तहका सरकार र नागरिक समाज लाग्नुपर्ने जनाए । वर्गीय, जातीय, क्षेत्रीय, लैगिंक विभेद अन्त्य गरी समृद्ध, न्यायपूर्ण समाज र समाजवादउन्मुख राज्यको संकल्प संविधानले नै गरेकाले यस परिपेक्षमा सबैले मिलेर हातेमालो गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

२०६३ साल जेठ २१ गते नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएपछि जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवस मनाउन थालिएको हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro