site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छलफल वाक्क लागेर निदाएछु, संसद् रमाइलो छैन : चित्रबहादुर केसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटले दलाल पुँजीको आगमन वृद्धिका निम्ति बाटो खोलेको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत नगरिएको बताए ।

“बजेटमा समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन । सरकारको नीति तथा कार्यक्रमले समाजवादउन्मुख कार्यक्रमप्रति प्रतिबद्धता जाहेर गरेको थियो,” उनले भने, “बजेटले समाजवादउन्मुख अर्थतन्त्रलाई हित हुनेभन्दा दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटाहरू खुलेका छन् ।”

उनले बजेटमाथिको छलफलमा नै प्रश्न उठाए । संसद्को छलफल वाक्कलाग्दो भएको उनको भनाइ थियो । “जतिसुकै उफ्रिए पनि अर्थमन्त्रीले ल्याएको बजेटमा तलमाथि गर्न नपाइने, जे आएको छ त्यही स्वीकार गर्नुपर्ने भएपछि त्यसका छलफलको त्यति औचित्य लाग्न छोड्यो,” उनले भने, “म त यही छलफलको कुरा सुन्दा वाक्क लागेर एकछिन निदाएछु । संसद् रमाइलो छैन ।”

साधारणतर्फको खर्च बढ्नुको कारण संघीयता भएको उनले जिकिर गरे । उनले संघीय संरचना हटाउनुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro