site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– प्रधानमन्त्रीको ज्वाइँ, दाजुभाइ, भतिजा–भतिजी विकास परियोजना खोइ ? 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले बजेटमा प्रधानमन्त्री ज्वाइँ विकास परियोजना खोइ भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिझाउने गरी बजेट प्रस्तुत गरेको बताए । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीको स्वर्गीय पत्नी सीता दाहालको नाममा कार्यक्रम, छोरीको नाममा प्रतिष्ठानलगायत विषयले अर्थमन्त्री प्रधानमन्त्री रिझाउन सक्रिय भएको टिप्पणी गरे । “एक–दुईजनाले सोध्दै थिए प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? प्रधानमन्त्री दाजुभाइ परियोजना खोइ ? प्रधानमन्त्री भतिजा–भतिजी परियोजना खोइ ?,” उनले भने, “बजेट पनि थोरै छ, छोरी पनि रिसाउने प्रधानमन्त्रीजी पनि रिसाउने हुनुभयो ।” 

उनले खाली दल विभाजन गरेर क्रमभंगता गर्नेमात्र होइन जनतालाई अल्मलाउने भक्तिभाव गर्ने काम बन्द गर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्