site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
नेपाल सरकारको बजेट विनियोजन : संघीयता कि केन्द्रीयता  

नेपालको संविधान २०७२ को प्रस्तावना र यसमा लेखिएका व्यवस्था तथा प्रावधान हेर्दा र पढ्दा आनन्द आउँछ नै । हरेक नेपालीको मन र मथिङ्गलले अब नेपाल स्वर्ग हुन्छ र नेपालीको जीवनस्तरमा आमूल परिवर्तन आउँछ भनी सोचेका थिए ।

तर ८ वर्षको अवधिमा यसले नेपालको संघीयताको सवलीकरण, नागरिकका मौलिक हकको संरक्षण, मानव अधिकार सुशासनको प्रत्याभूति र जनताका अपेक्षाको सम्बोधन कसरी भयो ? बजेट विनियोजना र कार्यान्वयनको अवस्था, स्थानीय सरकारका आम्दानी र खर्च के कस्तो रह्यो ? बेरुजुको अवस्था कस्तो छ ?

घाटा बजेट कस्ता कस्ता प्रयासले न्युनीकरण गर्न सकिन्छ ? संघीयतालाई बलियो बनाउन केन्द्रदेखि प्रदेश र स्थानीय तहमा कति वटा छलफल र बहस भए ? संघीयताका समस्या र चुनौतिहरू के–के छन् ? कसरी समाधान गर्न सकिन्छ, राजनीतिक दल र उनीहरू आचरण कस्तो रहयो ? नमूना राजनीतिक दल कस्तो हुनुपर्छ ? के यही चालले संघीयता सवलीकरण हुन्छ त ? यी र यस्तै सवालकाबारेमा यस आलेखमा संक्षिप्त विश्लेषण गर्ने प्रयास गरिएको छ । 

KFC Island Ad
NIC Asia

संघीयता सवलीकरण र अभ्यास

संघीयता, सवल, सक्षम र आत्मनिर्भर बनाउन राज्यले लिएका निर्देशक सिद्धान्त, मूल्य र मान्यता, नीति, संरचना, उद्देश्य र कार्यान्वयनले प्रमुख कार्य गरेको हुन्छ । नेपालको संविधान २०७२ ले नेपाललाई ३ तहको सरकारको व्यवस्था गरेको छ, संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै सरकार जोड्ने हो भने नेपालमा कुल ७६१ (१ संघ, ७ प्रदेश र ७५३ स्थानीय) सरकार छन् ।

Royal Enfield Island Ad

यी ३ वटै सरकारको काम कर्तव्य र उद्देश्य भनेको नागरिकको मौलिक हकको संरक्षण गर्दै देशलाई र जनतालाई खुशी र सुखी बनाउने हो । आठ वर्षको अवधिमा यी सरकारले उद्देश्य पूरा गर्न के–के प्रयास भए त भन्दा २ पटक ३ वटा सरकारको आवधिक निर्वाचान भयो ।

एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री बने । केन्द्र र प्रदेश सरकार पटक–पटक बनाउने र गिराउने खेल भए । धेरै समय सरकार बनाउने र गिराउने खेलमा व्यस्त भएको तथ्यांकले देखाउँछ । यस्ता खराब संस्कार र प्रवृत्तिले संघीयता बलियो पनि हुँदैन । लोकतन्त्र सवलीकरण पनि हुँदैन र यी दलले शासन संचालन गर्न पनि सक्दैनन भन्ने सन्देश जनतामा गएको पाइन्छ ।

नेपाल सरकारले निर्माण गर्ने नयाँ तथा पुराना कानुन : 

संघीयताअघि नेपालमा ३ सय ५० कानुन प्रचलनमा थिए । नेपाल संविधान २०७२ जारी भए पछि नेपाल सरकारको पहिलो कार्य भनेको संघीय संरचना अनुसारका नया कानुन निर्माण तथा पुराना कानुनको संसोधन गरी लागू गर्नु थियो । 

हालसम्म ८० वटा नया तथा पुराना कानुन निर्माण गरेको छ भने शिक्षा ऐन, संघ संस्था दर्ता ऐन गरी दर्जनौं कानुन निर्माण गर्नुपर्ने देखिन्छ । तर सरकार कानुन बनाउनेभन्दा पनि अन्य कार्यमा व्यस्त पाइन्छ । 

महत्वपूर्ण कानुन नबन्दा केही प्रदेश र स्थानीय सरकारले संविधानको भावना र मूल मर्मविपरीत कानुन निर्माण गरेको पाइन्छ जसले कालान्तरमा द्वन्द्व सिर्जना गर्ने पक्का छ । यसले के देखाउँछ भने केन्द्र सरकार संघीयता बलियोभन्दा पनि कमजोर बनाउन लागेको देखिन्छ । किनभने जब केन्द्र सरकारले कानुन बनाउँदैन, तबसम्म प्रदेश र स्थानीय सरकार ऐन कानुन निर्माण गर्न सक्दैनन् । परिणामस्वरुप स्थानीयस्तरमा कानुन बनाएर गर्नुपर्ने काम गर्न सकिँदैन । 

स्थानीय सरकारले धेरै कानुन निर्माण गर्न सकेका छैनन् । कार्यविधि बनाएर स्थानीय सरकारले सामाजिक तथा आर्थिक विकासका कार्य गरिरहेको पाइन्छ । नेपाल सरकार कानुन निर्माण गर्नेभन्दा पनि कसरी सरकार गिराउने र टिकाउने खेलको कुचक्रमा फँसेको छ ।

नागरिकका समस्या एकातिर छन्, सरकार र राजनीतिक दल अर्कातिर । युवाहरू कोही पनि देशमा बस्न चाहँदैन । भ्रष्टाचार, दन्डहिनता, कुशासन, बेरोजगारीको अवस्था कहाली लाग्दो छ । यस्ता खालका प्रवृत्ति तथा अभ्यास र नागरिकको असन्तुष्टिले संघीयता बलियो हुँदैन । केन्द्रीकृत सोच शैली र पुरानो राज्य व्यवस्थालाई मलजल गर्न सहयोग पुग्ने देखिन्छ । 

नेपाल सरकारको वार्षिक वजेट तथा विनियोजन

सरकार दैनिक कार्य तथा विकाससम्बन्धी काम गर्न नीति र बजेट आवश्यक पर्छ । बजेट प्रत्येक वर्षको जेठ १५ गते अर्थमन्त्रीले संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । बहुमतले पारित गरेपछि वार्षिक बजेट खर्च गर्ने कानुनी मान्यता मिल्छ । 

संघ सरकारले संसदमा बजेट भाषण गरेपछि प्रदेश र स्थानीय सरकारले पनि असार १५ सम्म संघ सरकारको बजेट सीमामा रहेर सम्बन्धित सरकारले बजेट पेश गरी पास गर्ने व्यवस्था संविधानमा छ ।

संघ सरकारले बजेट विनियोजन गर्दा कुल बजेटको करिब २० प्रतिशत भन्दा बढी बजेट प्रदेश र स्थानीय सरकारलाई गरेको पाइँदैन । विगत ८ वर्षको वार्षिक बजेट र विनियोजन विश्लेषण गर्ने हो संघ सरकार, संघीयताभन्दा पनि केन्द्रीयतातर्फ उन्मुख भएको तलको तालिकाबाट प्रष्ट हुन्छ । 

123-1717387924.JPG
 

नेपाल सरकारको विगत ८ वर्षको बजेट र विनियोजन तथ्यांक हेर्ने हो भने ७ सय ५३ स्थानीय सरकारलाई कुल बजेटको १८ प्रतिशतभन्दा बढी बजेट विनियोजना गरेको पाइँदैन । औसतमा १६.५२ प्रतिशत मात्र बजेट स्थानीय सरकारलाई विनियोजन गरेको पाइन्छ । प्रदेश सरकारलाई पनि ८ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको छैन । औसतमा ५.७१ प्र्रतिशत मात्र बजेट प्रदेश सरकारलाई विनियोजन गरेको देखिन्छ । 

उता केन्द्र सरकारलाई भने ७५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको छ भने औसतमा करिब ७८ प्रतिशत बजेट केन्द्र सरकारको लागि छुटाएको देखिन्छ । 

यसबाट के विश्लेषण गर्न सकिन्छ भने नेपाल सरकारको बजेट र विनियोजन गर्ने तरिका संविधानमा जे लेखिए पनि सोच र कार्यशैली संघीयताभन्दा पनि केन्द्रीयतालाई प्राथमिकता दिएको देखिन्छ । नेपाल सरकारले बजेट विनियोजन एवंरितले गर्दै जाने हो भने यसले संघीयताभन्दा केन्द्रीयतालाई बलियो बनाउँदै जाने देखिन्छ । 

स्थानीय सरकारको आन्तरिक आम्दानी र संघीयता :

संविधानतः तीन तहका सरकार स्वतन्त्र र स्वयात्त छन । प्रत्येक सरकारसँग योजना तर्जुमा गर्न, कानुन निर्माण गर्न, बजेट निर्माण गर्न, राजस्व संकलन गर्न, करका दर र दायर वृद्धि गर्न, खर्च गर्न र निर्णय गर्न स्वतन्त्र छन् जुन नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको छ ।

कानुनी अधिकार हुँदैमा सबै ठीकठाक हुन्छ भन्ने छैन । दैनिक कार्य संचालन र विकास निर्माण गर्न आयश्रोत सबैभन्दा महत्वपूर्ण हुन्छ । स्थानीय सरकारका दुई किसिमका आम्दानी हुने गर्छ, एउटा आन्तरिक आम्दानी अर्को बाह्य आम्दानी । यी दुई आम्दानी जोडेर कुल आम्दानीमा परिणत हुन्छ । 

आन्तरिक आम्दानी वृद्धि हुन्छ, जब स्थानीय सरकार बलियो हुन्छ । जब आम्दानी कम हुन्छ, तब स्थानीय सरकार कमजोर हुन्छ र परनिर्भरता बढाउँछ । स्थानीय सरकारले श्रोत परिचालन र व्यवस्थापन गर्न सकेन भने संघीयता नाम मात्रको हुन्छ, जसले काम गर्न सक्दैन । आन्तरिक श्रोतको व्यवस्थापनले संघीयता बलियो बनाउँछ । 

आर्थिक वर्ष २०७९÷८० को महालेखा परिक्षकको वार्षिक प्रतिवेदनलाई आधार मान्ने हो भने सबै स्थानीय सरकारको कुल जम्मा आन्तरिक आम्दानी ३३ अर्ब ६७ करोड २६ लाख ४९ हजार रुपैयाँ देखिन्छ । प्रदेशबाट २८ अर्ब ६१ करोड २५ लाख ८२ हजार स्थानीय सरकारलाई अनुदान गएकोे देखिन्छ छ । संघ सरकारले ३ खर्ब ७ अर्ब ५६ करोड ८० लाख ६८ हजार रुपैयाँ स्थानीय सरकारलाई अनुदान दिएको देखिन्छ । 

आन्तरिक आम्दानी, प्रदेश र संघ सरकारबाट प्राप्त हुने अनुदानलाई जोड्ने हो भने कुल जम्मा ३ खर्ब ६९ अर्ब ८५ करोड ३२ लाख ९९ हजार रुपैयाँ स्थानीय सरकारको आम्दानी हुन आउँछ । जसको करिब ६५ प्रतिशतभन्दा बढी बजेट साधरणतिर खर्च हुन्छ भने बाँकी प्रतिशत स्थानीय विकास निर्माणमा खर्च हुन्छ ।

स्थानीय सरकारको आन्तरिक आम्दानी आव २०७७/०७८ र आव २०७८/२०७९ मा भन्दा आव २०७९/०८० मा आएर करिब २ अर्बले घेटेको देखिन्छ । स्थानीय सरकारको आन्तरिक आम्दानी विश्लेषण गर्ने हो भने नेपाल सरकारले अंगिकार गरेको संघीयता र भइरहेको अभ्यासबाट के निश्कर्ष निकाल्न सकिन्छ भने स्थानीय सरकारको राजस्व संकलनको अवस्था, संघ सरकारले प्रदान गर्ने अनुदान दिने परिपाटीले संघीयता बलियो बनाउनेभन्दा पनि झन् झन् कमजोर र परनिर्भरता वृद्धि गर्छ । यो अभ्यासले जनअपेक्षा पूरा गर्न सक्दैन परिणामस्वरुप संघीयताको आवश्यता, औचित्य र महत्वमाथि प्रश्न उठन सक्छ । 

निश्कर्ष 

नेपाली जनताले संघीयता रहरमा लिएका होइनन् धेरै शहिदहरूको बलिदानबाट प्राप्त भएको हो । संघीय शासन व्यवस्था कसैलाई जागिर खान, कसैलाई राजदूत बन्न, कसैलाई मन्त्री बन्न, कसैलाई नेता बन्न पनि होइन । यो त नेपालमा व्याप्त गरिबी, भ्रष्टाचार, बढ्दो बेरुजु, व्यापार असन्तुलन, अन्याय, अत्याचार, सामाजिक विभेद, सामाजिक अपराधलाई निर्मूल पारी दुरदराजका गरिब निमुखा जनताको मुहारमा हासो, खुशी, शान्तिमार्फत विकास, रोजगार र समृद्धिका लागि हो ।

नारामा सिंहदरबारको अधिकार गाँउ–गाउँमा भनिए पनि नेपाल सरकारको निर्णय गर्ने क्षमता, श्रोतको बाडँफाड, वार्षिक बजेट तथा विनियोजन गर्ने परिपाटी, कानुनी जटिलता स्थानीय सरकार आन्तरिक आम्दानी र कार्य क्षमता र केन्द्रीय सोच र शैली संघीयताभन्दा पनि केन्द्रीयता बलियो हुने देखिन्छ । यसलाई सरकार र नीति निर्माताले कुनै पनि काम गर्नुभन्दा पहिले ३ पटक सोचेर निर्णय गर्न राम्रो हुन्छ ।

विश्वमा करिब २ सयभन्दा बढी देशहरू अस्तित्वमा छन् । ती देशहरूमध्ये करिब २६ देशमा संघीय शासन व्यवस्था छ तर अन्य देशमा केन्द्रीकृत र राजतन्त्रात्मक शासन व्यवस्था छ । कुनैमा तानाशाही शासन छ भने कसैमा प्रजातान्त्रिक शासन छ । विकास र समृद्धको दृष्टिले विश्लेषण गर्ने हो भने यो व्यवस्था ठीक र यो व्यवस्था बेठीक भन्न सकिने अवस्था छैन ।

शासन जस्तोसुकै भएपनि जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, सुशासन, शान्ति, विकास र समृद्धि जस्ता विषयका आधारमा मूल्यांकन गर्ने कुरा हो । शासन जस्तोसुकै भए पनि विश्वव्यापी मान्यताका आधारमा न्युनतम शर्त भने पूरा गर्नुपर्छ ।  

संघीयता सफल बनाउन, विकास र समृद्धिले फड्को मार्न सुशासनको प्रत्याभूति, भ्रष्टचार नियन्त्रण, सही समयमा सही निर्णय, संविधानको सफल कार्यान्वयन अनिवार्य शर्त हो । सुशासन र समृद्धि भनेको बाजा बजाएर, भाषण गरेर र गीत गाएर आउने कुरा होइन । यो त लगनशीलता, प्रतिवद्धता, र इमान्दारीताबाट मात्रै प्राप्त गर्न सकिन्छ ।  
kc.poshta@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro