site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारको नीति तथा कार्यक्रम आज

विराटनगर । कोसी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची छ । बैठकमा नेपाली कांग्रेसका सांसद पनि सहभागी हुने भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा र त्यसपछि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताका विषयमा भएको छलफलका बैठक कांग्रेसले बहिष्कार गरेको थियो । सर्वोच्च अदालतमा मुद्दा थाती रहेको जनाउँदै कांग्रेसले ती बैठक बहिष्कार गरेको थियो । कोसी सरकार गठनको प्रक्रिया र यसको विवादसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो बिहीबार हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro