site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमान ११० रनमै अलआउट, पावर प्ले सकिँदा नामिबियाले बनायो ३२ रन 
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको दोस्रो दिन ओमानले नामिबियासामु ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार ब्रिजटाउनमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल खडा गरेको हो । 

Dabur Nepal
NIC Asia

ओमानका खादिल कैलले ३४ रन बनाए । जिसान मक्सुदले २२ रन थप्दा आयान खानले १५ र साकिल अहमेदले ११ रन जोडे । ओमानका कश्यप प्रजापति र कप्तान अकिब इल्यास गोल्डेन डक भएका थिए ।

ओमानलाई सस्तैमा समेट्न नामिबियाका रुबेन ट्रम्पेलमेनले चार विकेट लिए । डेविड वाइजेले तीन विकेट लिँदा गेहार्ड इरास्मसले दुई र बेर्नार्ड स्कल्जले एक विकेट हात पारे । 

दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नामिबियाले हाल ६ ओभर समाप्त हुँदा एक विकेट गुमाएर ३२ रन बनाएको छ । नामिबियाबाट हाल क्रिजमा रहेका निकालेस ड्याभिन १६ र जान फ्रयांकलीन १५ रनमा खेलिरहेका छन् । त्यसअघि ओपनर मिचेल मान लिंगेन शून्यमा आउट भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu